काठमाडौं– संयुक्त राष्ट्र सङ्घीय जलवायु परिवर्तन विश्व सम्मेलन भव्य समारोहबीच बिहीवार संयुक्त अरब इमिरेट्स ९युएई० मा प्रारम्भ भएको छ ।
युएईमा यतिबेला विश्व नै एकबद्ध भएको झल्को उद्घाटन समारोहले दिएको छ, जसले वैश्विक रूपमा जलवायु परिवर्तनले पारेको प्रभाव न्यूनीकरण र अनुकूलनका लागि नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ ।
नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको नेपाली प्रतिनिधि मण्डलले कोप–२८ मा नेपालको प्रतिनिधित्व गरेको छ । नेपाल र अति कम विकसित तथा पर्वतीय मुलुकका तर्फबाट प्रधानमन्त्रीले शनिबार सम्बोधन गर्ने कार्यक्रम छ ।
सम्मेलनका आयोजक मुलुकका तर्फबाट डा. सुल्तान अल जाबेरको अध्यक्षतामा संयुक्त राष्ट्र सङ्घीय जलवायु कार्यकारी सचिव ...


