टीजरअघि ‘पुजार सार्की’ को नयाँ पोस्टर

KalakarmiKalakarmiSourceApr 10, 20241 min read
टीजरअघि ‘पुजार सार्की’ को नयाँ पोस्टर
काठमाडौं– आगामी जेठ १० गते विश्वव्यापी रिलिज हुने नेपाली फिल्म ‘पुजार सार्की’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । यसअघि सार्वजनिक गरिएका पोस्टरहरूमा तीन सुपरस्टार अभिनेताहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहलाई मात्र राखिएको थियो भने नयाँ पोस्टरमा अञ्जना बराइली तथा परीक्षा लिम्बुलाई पनि राखिएको छ । यो पोस्टरमा फिल्मका सबै प्रमुख कलाकारहरू आ–आफ्नो चरित्रमा देखिएका छन् । पोस्टरको बीच भागमा अभिनेता सिग्देललाई राखिएको छ । अभिनेता शाहले बन्दुक बोकेका छन् । अभिनेत्री लिम्बु दुई चुल्ठी बाटेकी चुलबुले युवती देखिएकी छिन् भने बराइली जिम्मेवार महिला देखिएकी छिन् । लामो कपालमा रहेका ...