‘डिग्री माइला’: न्यू इयर विकेण्डमा पाँच करोड बढी व्यापार गर्ने अनुमान

KalakarmiKalakarmiSourceApr 10, 20241 min read
‘डिग्री माइला’: न्यू इयर विकेण्डमा पाँच करोड बढी व्यापार गर्ने अनुमान
काठमाडौं– यो वर्षको अन्तिम शुक्रवार अर्थात यही चैत ३० गते शुक्रवारदेखि प्रदर्शनमा आउने वर्षकै प्रतिक्षित फिल्म ‘डिग्री माइला’ ले बक्स अफिसमा सुनामी ल्याउने संकेत गरेको छ । नयाँ वर्ष २०८१ लाई स्वागत गर्ने यो फिल्मका बुधवार नै सिनेमा हलहरुले दिएको शो संख्याले त्यस्तै संकेत गरेको छ । नेपाली फिल्मप्रति खासै अनुग्रहित नहुने हलहरुमासमेत रामबाबु गुरुङ निर्देशित यो फिल्मले उच्च संख्यामा शो पाएको छ । दयाहाङ राई तथा आँचल शर्मा स्टारर ‘डिग्री माइला’ ले देशको ठूलो हल चेन क्यूएफएक्सबाहेक देशभर ९७ शो पाएको छ । बुधवार दिउँसोसम्म क्यूएफएक्सले ५८ शो दिइसकेको छ ...