काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले दुई महिनाको अवधिमा महानगरले ३ हजार ४६९ वटा सामुदायिक कुकुर तथा बिरालोको बन्ध्याकरण गरेको बताएका छन् ।
सामाजिक सञ्जालमा एउटा लामो पोस्टमार्फत बालेनले यो अवधिमा ५ हजार ३२० वटा कुकुर तथा बिरालोलाई रेबिज विरुद्धको खोप दिइएको उल्लेख गरेका छन् ।
‘यही गतिमा काम गरेर मंसिर मसान्तभित्र सामुदायिक कुकुर र विरालो सबैलाई बन्ध्याकरण र खोप दिइ सकिने छ, बालेनले भनेका छन् – ‘असोज २३ गतेदेखि ९ वटा कम्पनी तथा साझेदार संस्थासँगको सहकार्यमा ९ वटै वडाबाट बन्ध्याकरण तथा खोप अभियान सुरु गरिएको हो ।’ ...


