युट्युबमा ‘सम्हालिन्छ कहिले मन’

Himal KhabarHimal KhabarSourceNov 24, 20231 min read
युट्युबमा ‘सम्हालिन्छ कहिले मन’
काठमाडौँ- फिल्म ‘सम्हालिन्छ कहिले मन’ युट्युबमा सार्वजनिक भएको छ। फिल्म शुक्रबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्म सुदर्शन थापाले निर्देशन गरेका छन्। फिल्ममा पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देन मुख्य भूमिकामा छन्। उनीहरुकै प्रेमकथा फिल्ममा प्रस्तुत गरिएको छ। फिल्ममा अन्य कलाकार सरोज खनाल, धिरेन शाक्य, गौरी मल्ललगायत छन्।