काठमाडौं – वरिष्ठ कलाकार बसुन्धरा भुसालले नेपालमा निर्माण भएको पहिलो नेपाली फिल्म ‘आमा’ मा अभिनय गर्ने अवसर आफूले संयोगवश पाएको बताएकी छन् ।
चलचित्र विकास बोर्डद्वारा आयोजित ‘ओल्ड इज गोल्ड’ कार्यक्रमअन्तर्गत ‘आमा’ फिल्मको विशेष प्रदर्शनका अवसरमा आफ्नो अनुभव सुनाउँदै उनले त्यतिबेला आफू राष्ट्रिय नाचघरमा नभई नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानमा संगीतको तीनवर्षे प्रशिक्षण लिइरहेको बताइन् ।
‘म त्यसबेला राष्ट्रिय नाच घरमा जागिरे थिएन । बालकलाकार थिएँ । राष्ट्रिय नाचघरमा नभइ नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा संगीतमा तीन वर्षे कोर्ष गरिरहेको थिए । एकदिन क्लास छुटेपछि भुवन चन्दलाई भेट्न गए । ०१४ सालमा उहाँले गाउनुभएको गीतमा ...


