नेपाली फिल्म ‘हली’ को नेपालसहित विदेशमा प्रदर्शन प्रारम्भ

KalakarmiKalakarmiSourceAug 7, 20261 min read
नेपाली फिल्म ‘हली’ को नेपालसहित विदेशमा प्रदर्शन प्रारम्भ
काठमाडौं- नेपालमा बहुप्रतिक्षित फिल्म ‘हली’ शुक्रवारदेखि देशव्यापी रूपमा प्रदर्शनमा आएको छ । नेपालका साथै माल्दिभ्सका सिनेमा घरहरूमा पनि यो फिल्म आजैबाट एकैसाथ रिलिज भएको हो । प्रदर्शनको पहिलो दिन बिहानैदेखि नेपालका अधिकांश हलहरूमा दर्शकको बाक्लो उपस्थिति रहनुका साथै धेरैजसो शोहरू हाउसफुल रहेका छन् । छाउपडी प्रथाको सामाजिक कथावस्तुमा निर्माण भएको यो फिल्मलाई विदेशमा पनि उच्च मागका साथ प्रदर्शन गर्ने तयारी गरिएको छ । जसअनुसार अगष्ट ९ मा साइप्रस, सेप्टेम्बर २० मा युके र अक्टोबर ११ मा हङकङमा यो फिल्म प्रदर्शन हुनेछ । ओम प्रतीकको लेखन तथा निर्देशनमा बनेको फिल्मलाई जापुरा ...