ट्रेलरमा ‘मास्टर्नी’: झल्कियो आमा र छोरीको भावनात्मक सम्बन्ध (भिडियो)

KalakarmiKalakarmiSourceAug 6, 20261 min read
ट्रेलरमा ‘मास्टर्नी’: झल्कियो आमा र छोरीको भावनात्मक सम्बन्ध (भिडियो)
काठमाडौं- आयंका फिल्म्सको प्रस्तुतिमा तयार भएको पहिलो फिल्म ‘मास्टर्नी’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टर र टिजरबाट दर्शकले फिल्मको कथावस्तु बारे केही अनुमान लगाएका थिए । आमा र छोरीको भावनात्मक सम्बन्ध र छोरीको रक्षाका लागी आमाले के गर्न सक्छिन् भन्ने पोस्टर र टिजरको भावलाई फिल्मको ट्रेलरले झन् प्रस्ट्याएको छ । क्राइम थ्रिलर/फ्यामेली ड्रमा जनरामा निर्मित फिल्मको ट्रेलरमा प्रमुख कलाकारलाई स्थान दिइएको छ । प्रियंका कार्की जोशी, सिम्रन खड्का, दिपकराज गिरी, दिपाश्री निरौला, सन्दिप क्षेत्री, प्रमोद अग्रहरी, ऋचा शर्मा, आर्यन सिग्देल, दिनेश काफ्ले, रक्षा थापा लगायतका कलाकार टिजरमा प्रस्तुत भएका ...