काठमाडौं- नयाँ नेपाली फिल्म ‘लज्जावती’ को ‘मलाई पिर परेको तिम्लाई के थाहा छ’ बोलको दोस्रो गीत सार्वजनिक भएको छ । निर्माण टिमले बिहीवार गीत युट्युबबाट सार्वजनिक गरेको हो ।
गीत मर्मस्पर्शी बनेको छ । गीतको भिडियोमा फिल्मका कलाकार मेनुका माझी र श्री कृष्ण निरौलाको प्रेम र विछोडपछिको अवस्थालाई चित्रण गरिएको छ । भिडियोमा कलाकार निरौलाको अभिनय भावुक बनाउने किसिमको छ । प्रेमीले छोडेर गएपछि उनी पागलप्रेमी झैं बनेको देखाइएको छ । उनी जतासुकै आफ्नो प्रेमीलाई देख्छन् ।
प्रेमिकाबाट छुटेपछि उनी हराएको र कलाकार मुकुन भुसाल र जानुका विश्वकर्मा उनका खोज्दै हिँडिरहेको दृश्यमा ...
मर्मस्पर्शी छ ‘लज्जावती’ को गीत ‘मलाई पिर परेको तिम्लाई के थाहा छ’ (भिडियो)


