काठमाडौं– वरिष्ठ कलाकार तथा हास्यव्यंग्यका महानायक मदनकृष्ण श्रेष्ठको जीवनमा आधारित बायोपिक फिल्म ‘म मदनकृष्ण’ मा वरिष्ठ कलाकार हरिवंश आचार्यको भूमिका अभिनेता अरुण क्षेत्रीले निर्वाह गर्ने भएका छन् ।
निर्माण टिमले बुधवार उनको नाम औपचारिक रूपमा सार्वजनिक गर्दै लामो समयदेखि दर्शकमाझ रहेको कौतुहलताको अन्त्य गरेको हो ।
नेपाली फिल्म क्षेत्रमा पछिल्लो समय प्रभावशाली अभिनयमार्फत स्थापित हुँदै आएका अरुण क्षेत्री अहिले प्रदर्शनरत ब्लकबस्टर फिल्म ‘गौँथली’ का मुख्य अभिनेताका रूपमा चर्चामा छन् । अब उनी नेपाली कला र साहित्यका अत्यन्त लोकप्रिय जोडी ‘मह जोडी’ का एक सदस्य हरिवंश आचार्यको भूमिकामा पर्दामा देखिने भएका ...
‘म मदनकृष्ण’ मा हरिवंश आचार्यको भूमिकामा अरुण क्षेत्री, दुई बायोपिकका लागि एकैपटक सम्झौता


