काठमाडौं– कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्म इतिहासकै उल्लेखनीय सफलता हासिल गरेको ‘तिनीहरू: इलिफेन्ट्स इन द फग’ अब नेपाली दर्शकमाझ प्रदर्शनको तयारीमा छ । भदौ १९ गतेदेखि देशभर प्रदर्शनमा आउने फिल्मको म्युजिकल ट्रेलर सार्वजनिक भएसँगै यसको कथावस्तु र प्रस्तुतिलाई लिएर दर्शकमाझ उत्सुकता थपिएको छ ।
बुधवार काठमाडौंमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको ट्रेलरले हराएकी छोरीको खोजीमा निरन्तर संघर्ष गरिरहेकी एक आमाको पीडा, गाउँमा फैलिएको जंगली हात्तीको आतंक तथा त्यसकै छायाँमा बाँच्न बाध्य अल्पसंख्यक समुदायको जीवनलाई भावनात्मक र रहस्यमय शैलीमा प्रस्तुत गरेको छ ।
ट्रेलरमा मुख्य पात्रको छटपटी, निराशा तथा आक्रोशलाई प्रभावशाली ढंगले देखाइएको ...
कान्समा इतिहास रचेपछि नेपाली दर्शकमाझ आउँदै ‘इलिफेन्ट्स इन द फग’, म्युजिकल ट्रेलरले बढायो उत्सुकता


