काठमाडौं । आगामी अगस्ट १५ अर्थात् साउन ३० गते काठमाडौंमा आयोजना हुने तेस्रो संस्करणको अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड (इन्फा अवार्ड-२०२६) को तयारी अन्तिम चरणमा पुगेको छ। अवार्ड समारोहलाई सफल बनाउन बेलायतस्थित आयोजक टोली ‘इन्फा इभेन्ट्स यूके’ बुधबार साँझ काठमाडौं आइपुगेको छ। काठमाडौं विमानस्थलमा बेलायतबाट आएको टोलीलाई इन्फा नेपालका पदाधिकारी तथा सदस्यहरूले स्वागत गरेका छन्। आयोजक
इन्फा अवार्ड-२०२६ का लागि आयोजक टोली बेलायतबाट काठमाडौं आइपुग्याे


