काठमाडौं । संगीतकार तथा गायक टंक बुढाथोकीको निर्देशनमा बन्न लागेको फिल्म ‘मन बिनाको धन–२’को कलाकार टोली थप बलियो बनेको छ। निर्माण टिमले मंगलबार वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, यमन श्रेष्ठ, राजाराम पौडेल, रश्मिला तामाङ र निर्मल शर्मालाई औपचारिक रूपमा अनुबन्ध गरेको छ। फिल्मको विशेष आकर्षणका रूपमा मदनकृष्ण श्रेष्ठले अभिनयसँगै एउटा गीतमा स्वर पनि दिने भएका छन्। …
‘मन बिनाको धन–२’को कलाकार टोली बलियो, मदनकृष्णसहित पाँच कलाकार अनुबन्ध


