काठमाडौं– आगामी अगस्ट १५ (साउन ३० गते) काठमाडौंमा आयोजना हुने तेस्रो संस्करणको अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड (इन्फा अवार्ड–२०२६) को तयारी अन्तिम चरणमा पुगेको छ ।
अवार्ड समारोहलाई सफल बनाउन बेलायतस्थित आयोजक टोली इन्फा ईभेन्ट्स युकेको टोली बूधवार साँझ काठमाडौं आइपुगेको छ ।
काठमाडौं विमानस्थलमा आयोजक टोलीलाई इन्फा नेपालका पदाधिकारी तथा सदस्यहरूले आत्मीय स्वागत गरेका छन् । टोलीको आगमनसँगै अवार्ड समारोहको तयारीले थप तीव्रता पाएको आयोजकले जनाएको छ ।
बेलायतबाट काठमाडौं आइपुगेको इन्फा अन्तर्राष्ट्रिय टोलीमा अध्यक्ष उमेशराज मोक्तान, बोर्ड निर्देशकहरू टंक भट्टराई, आशिषराज पन्त, राज पाण्डे तथा सुष्मा पौडेल रहेका छन् । ...
इन्फा अवार्ड–२०२६ को तयारी तीव्र, बेलायतको आयोजक टोली काठमाडौं आइपुग्यो


