काठमाडौं– बहुप्रतीक्षित नेपाली फिल्म ‘झिँगेदाउ–२’ को टिजर आज बुधवार सार्वजनिक हुँदैछ । निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको फिल्मको टिजर आज दिउँसो ललितपुरस्थित लविम मलमा आयोजित विशेष कार्यक्रममार्फत सार्वजनिक गरिने तयारी गरिएको छ ।
पहिलो श्रृंखलाले दर्शकमाझ पारिवारिक कथा, गाउँघरको परिवेश र सशक्त हास्य प्रस्तुत गरेर राम्रो चर्चा बटुलेको थियो । त्यसैले दोस्रो श्रृंखलाको टिजरले पनि फिल्मको कथा, पात्रहरूको नयाँ आयाम, पारिवारिक सम्बन्धमा आउने उतारचढाव तथा मनोरञ्जनात्मक पक्षको झलक प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।
टिजरमा मुख्य कलाकार आर्यन सिग्देल, केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी तथा कुशल विष्टको दमदार उपस्थितिसँगै फिल्मको कथावस्तु, ...
कस्तो होला ‘झिँगेदाउ २’ को टिजर ? हास्य, पारिवारिक द्वन्द र भावनाको मिश्रण देखिने अपेक्षा


