काठमाडौं– संगीतकार तथा गायक टंक बुढाथोकीको निर्देशनमा निर्माण हुन लागेको नयाँ नेपाली फिल्म ‘मन बिनाको धन–२’ ले कलाकारहरूको आकर्षक लाइनअप तयार पारेको छ ।
निर्माण पक्षले वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, यमन श्रेष्ठ, राजाराम पौडेल, रश्मिला तामाङ तथा निर्मल शर्मालाई औपचारिक रूपमा अनुवन्ध गरेको छ । यससँगै फिल्मको कलाकार टोली अझ सशक्त बनेको छ ।
विशेष आकर्षणका रूपमा फिल्ममा अभिनयसँगै मदनकृष्ण श्रेष्ठले एउटा गीतमा स्वर पनि दिने भएका छन् । मंगलवार उनको स्वरमा फिल्मको एक गीत रेकर्ड गरिएको निर्माण पक्षले जनाएको छ ।
यसअघि नै फिल्मका लागि सरोज खनाल, गौरी मल्ल, विपिन कार्की, ...
‘मन बिनाको धन–२’ मा भित्रिए मदनकृष्ण, यमन, राजाराम र निर्मल


