‘कार्की साइँला’को ‘लग्यौ परान’

eHimalaya TimeseHimalaya TimesSourceAug 4, 20261 min read
‘कार्की साइँला’को ‘लग्यौ परान’
काठमाडौं । आगामी असोज २ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘कार्की साइँला’को पहिलो गीत ‘लग्यौ परान’ सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा श्रेय अगस्ती र बेनिशा पौडेलको स्वर रहेको लोकशैलीको गीत सार्वजनिक गरिएको हो । विष्णु नेपालीको शब्द र संकेत अगस्तीको संगीत रहेको गीतको भिडियो पोखराको बेगनास ताल क्षेत्रमा छायांकन गरिएको छ ।