श्रीमान् संजोगलाई अभिनयमा सबैभन्दा अन्तिममा राख्ने वर्षा

KalakarmiKalakarmiSourceAug 4, 20261 min read
श्रीमान् संजोगलाई अभिनयमा सबैभन्दा अन्तिममा राख्ने वर्षा
काठमाडौं– अभिनेत्री वर्षा राउतले एउटा अन्तर्वार्तामा दिएको जवाफले अहिले सामाजिक सञ्जालमा रमाइलो चर्चा बटुलेको छ । चर्चाको कारण– अभिनेत्री राउतले अभिनयको हिसाबले आफ्नै श्रीमान् संजोग कोइरालालाई सबैभन्दा अन्तिम नम्बरमा राखिन्। हास्य अभिनेता मेक्सम गौडेलसंगको अन्तर्वार्ताका क्रममा वर्षालाई अभिनेता दयाहाङ राई, विपिन कार्की, सौगात मल्ल तथा संजोग कोइरालामध्ये अभिनयका आधारमा र्याङ्किङ गर्न भनिएको थियो । उनले कुनै हिच्किचाहट बिनै सौगात मल्ललाई पहिलो, विपिन कार्कीलाई दोस्रो, दयाहाङ राईलाई तेस्रो तथा अन्तिममा आफ्नै श्रीमान् संजोग कोइरालाको नाम लिइन् । यतिबेला वर्षा र संजोग थाइल्याण्ड भ्रमणमा रमाइरहेका छन् । उनीहरूको सम्बन्धबारे बेला–बेलामा अनेक अड्कलबाजी हुने गरे ...