काठमाडौं- बहुचर्चित साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित कृति ‘कोही कि बरबाद होस्’ बाट प्रेरित फिल्म ‘कमला मिस’ को राजधानी काठमाडौंस्थित जयनेपाल हलमा भव्य प्रिमियर सम्पन्न भएको छ ।
कार्यक्रममा उपस्थित फिल्मकर्मी, शिक्षाविद्, सामाजिक व्यक्तित्व, शैक्षिक संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूले फिल्मको विषयवस्तु, प्रस्तुति र सशक्त सन्देशको खुलेर प्रशंसा गरेका छन् ।
बालमनोविज्ञानलाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्मले आमाको माया र स्नेहबाट वञ्चित बालमनको पीडा, आमाको खोजी, माया पाएपछि जीवनमा आउने सकारात्मक परिवर्तन तथा एक महिलाले आफ्नो जीवनमा भोग्नुपरेका संघर्षलाई मार्मिक र प्रभावकारी ढंगले प्रस्तुत गरेको दर्शकहरूको प्रतिक्रिया रहेको ...
प्रिमियरमै ‘कमला मिस’ को तारिफै तारिफ, भावुक बने दर्शक


