काठमाडौं । यही साउन २२ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘हली’को प्रचारप्रसार देशभर तीव्र पारिएको छ । पूर्वी जिल्लाहरू झापा, मोरङ र सुनसरीपछि निर्माण टोलीले दाङ, नेपालगञ्ज र धनगढीलगायत पश्चिमका जिल्लामा पनि प्रचार अभियान सञ्चालन गरेको छ । निर्माण पक्षले ती क्षेत्रमा अटो र ई-रिक्सामा चलचित्रका पोष्टर राखेर प्रचारलाई व्यापक बनाएको जनाएको छ ।
अटो र ई-रिक्सामा ‘हली’


