काठमाडौं । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘बेहुली’को प्रमुख विदेशी बजारका प्रदर्शन अधिकार रिलिजअघि नै बिक्री भएका छन्। निर्माण पक्षका अनुसार अस्ट्रेलिया, उत्तर अमेरिका, मध्यपूर्व र बेलायतका लागि फिल्मको वितरण अधिकार बिक्री भइसकेको छ। अस्ट्रेलियाको प्रदर्शन अधिकार आशिष एन्ड नमस्ते इन्टरटेन्मेन्टले खरिद गरेको छ। त्यहाँ पनि फिल्म भदौ २६ गते नै प्रदर्शन हुनेछ। …


