काठमाडौं– नेपाली फिल्म उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको इन्टरनेशनल नेपाली फिल्म अवार्ड्स (इन्फा अवार्ड २०२६) को तेस्रो संस्करण आगामी २०८३ साउन ३० गते शनिवार (१५ अगस्ट २०२६) काठमाडौंमा भव्य रूपमा आयोजना हुँदैछ । पहिलो र दोस्रो संस्करण बेलायतको लण्डनमा सफलतापूर्वक सम्पन्न गरेको इन्फा इभेन्ट्स यूक तथा इन्फा इभेन्टस नेपालले यसपटक पहिलोपटक नेपालमै अवार्ड समारोह आयोजना गर्न लागेको हो ।
नेपाली फिल्म, कला, भाषा, संस्कृति तथा स्रष्टाहरूलाई विश्वसामु चिनाउने उद्देश्य बोकेको यो अवार्डलाई नेपाली फिल्म क्षेत्रकै एक उत्कृष्ट, प्रतिष्ठित र गौरवपूर्ण सम्मानका रूपमा स्थापित गर्ने आयोजकको लक्ष्य रहेको छ ...
लण्डनबाट काठमाडौंसम्म: नेपाली फिल्मको अन्तर्राष्ट्रिय उत्सव ‘इन्फा अवार्ड २०२६’ को भव्य तयारी, कलाकारहरूलाई निमन्त्रणा वितरण प्रारम्भ


