काठमाडौं – फिल्म ‘ल्याङ्ग ल्याङ्ग’ को मुख्य भूमिकामा कलाकार जीवनजंग बस्न्यात अनुबन्धित भएका छन् । फिल्मका निर्देशक बलिराम चौहान र बस्न्यातबीच कागजी सम्झौंता भएको छ ।
बस्न्यात यही फिल्म मार्फत् पहिलोपटक मुख्य भूमिकामा देखिन लागेका हुन् । त्यसैले उनले ‘ल्याङ्ग ल्याङ्ग’ लाई आफ्नो करियरको महत्त्वपूर्ण मोडका रूपमा लिएका छन् ।
यसअघि उनले फिल्म ‘रमिताको पिरती’ मा छोटो भूमिका निर्वाह गरेका थिए । छोटो उपस्थितिमै उनको अभिनयले दर्शकको ध्यान तान्न सफल भएको थियो भने उनले पात्रले पनि सकारात्मक राम्रो प्रतिक्रिया पाएको थियो । ...
‘कठघरा’ का ‘रक्षक’ अब फिल्मका अभिनेता, ‘ल्याङ्ग ल्याङ्ग’ मा जीवनजंग बस्न्यात


