काठमाडौं- अभिनेत्री तथा निर्देशक झरना थापाले सिनेमा ‘ए मेरो हजुर ५’को छायांकन सुरु गर्न लागेको बताएकी छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस् लेख्दै उनले यही साउन २९ देखि सिनेमाको छायांकन सुरु गरिने जानकारी दिएकी हुन् । सिनेमा सञ्जय लामाले खिच्नेछन् ।
सिनेमाको छायांकन बाजुरास्थित बडीमालिका मन्दिरबाट सुरु गर्न लागेको उनले बताएकी छन् । बडीमालिकाको चर्चा गर्दै उनले लेखेकी छन्, ‘नेपालको अनुपम प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सांस्कृतिक गौरवको धरोहर बडीमालिकाबाट मेरो नयाँ सिनेमा ए मेरो हजुर ५ को छायांकन यात्रा यही साउन २९ गतेदेखि शुभारम्भ हुँदैछ ।’
निर्देशक थापाले बडीमालिकाजस्तो धार्मिक ...
बडीमालिकाबाट फ्लोरमा जाँदै ‘ए मेरो हजुर ५’, पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने लक्ष्य


