काठमाडौं- काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले तालिमको सफलता तत्काल मूल्याङ्कन गर्न नसकिने बताउँदै सहभागीहरूले सिकेका सीपलाई आफ्नो पेशा र आयआर्जनसँग जोड्न सकेमा मात्र त्यसको वास्तविक उपलब्धि देखिने बताएकी छन् ।
काठमाडौं महानगरपालिकाको सहयोग तथा चलचित्र विकास बोर्डको आयोजनामा जेठ २२ गतेदेखि असार २२ गतेसम्म सञ्चालन भएको ३० दिने ‘फोटोग्राफी तथा फोटो/भिडियो पत्रकारिता तालिम’ को समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेकी हुन् ।
डंगोलले महानगरपालिकाले रोजगारी तथा आयवृद्धिसँग सम्बन्धित विभिन्न सीपमूलक तालिम सञ्चालन गरिरहेको उल्लेख गर्दै तालिम केवल सिकाइमा सीमित नभई व्यवहारिक प्रयोगमा आउनुपर्नेमा जोड दिइन् ।
उनले भनिन्, ‘यो ...
‘फिल्म गन्तव्य होइन, कला-संस्कृति प्रवर्द्धनको माध्यम हो’ : सुनिता डंगोल


