‘तीन तीघ्रे क्या बिग्रे’ ले गर्‍यो नयाँ सुरुवात, फिल्म प्राविधिकलाई हप्तामा एक दिन अनिवार्य बिदा

KalakarmiKalakarmiSourceAug 1, 20261 min read
‘तीन तीघ्रे क्या बिग्रे’  ले गर्‍यो नयाँ सुरुवात, फिल्म प्राविधिकलाई हप्तामा एक दिन अनिवार्य बिदा
काठमाडौं- नेपाली फिल्म क्षेत्रमा प्राविधिकहरूको श्रम अधिकार र हप्तामा एक दिन नियमित बिदाको विषय बेला–बेलामा उठ्ने गरे पनि यसलाई औपचारिक रूपमा कार्यान्वयन गर्ने अभ्यास भने विरलै देखिएको छ । छायांकनको व्यस्त तालिका, लामो कार्यसमय र पारिश्रमिकका मुद्दाबीच प्राविधिकहरूको आराम र पारिवारिक समयको आवश्यकता प्रायः ओझेलमा पर्ने गरेको छ । यही अवस्थालाई मध्यनजर गर्दै रघुजी फिल्म्सको ब्यानरमा निर्माणाधीन नेपाली कथानक फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ ले फिल्म प्राविधिकका लागि हप्तामा एक दिन अनिवार्य बिदा दिने निर्णय गरेको छ । हाल काठमाडौंमा धमाधम छायांकन भइरहेको फिल्मको ३०–४० दिनसम्म निरन्तर चल्ने छायांकन ...