काठमाडौं- सुनसरीमा भएको हिंसात्मक घटनापछि देशभर तनावपूर्ण वातावरण सिर्जना भइरहेका बेला नेपाली कलाकारहरूले सामाजिक सञ्जालमार्फत संयम, शान्ति, सद्भाव र राष्ट्रिय एकताको पक्षमा आवाज उठाएका छन्। उनीहरूले राजनीतिक दल, सरकार, सञ्चारमाध्यम र आमनागरिक सबैलाई जिम्मेवार बन्न आग्रह गरेका छन्।
अभिनेता जितु नेपालले अहिलेको संवेदनशील अवस्थामा अनावश्यक र भड्काउ सामग्री पोस्ट नगर्न तथा सामाजिक सञ्जालमा मोबाइल बोकेका सबै व्यक्ति प्रेस, मिडिया वा समीक्षक बन्न नखोज्न आग्रह गरेका छन्। उनका अनुसार अहिले सबैभन्दा आवश्यक कुरा धैर्यता, संयमता र मेलमिलाप हो।
अभिनेता दीपकराज गिरीले आफूलाई कुनै पक्ष प्रिय लागे पनि त्यो देश र मानवताभन्दा ठूलो हुन ...
संकटको घडीमा कलाकारहरूको एउटै आवाज : शान्ति, सद्भाव र एकता


