‘स्पाइडर–म्यान’ को आगमनसँगै ‘गौँथली’ को शो कटौती, नेपाली फिल्ममाथि विभेद भएको आरोप

KalakarmiKalakarmiSourceJul 31, 20261 min read
‘स्पाइडर–म्यान’ को आगमनसँगै ‘गौँथली’ को शो कटौती, नेपाली फिल्ममाथि विभेद भएको आरोप
काठमाडौं– व्यवसायिक रुपमा सफल भैरहेको नेपाली फिल्म ‘गौँथली’ आज शुक्रवारदेखि प्रदर्शनको तेस्रो सातामा प्रवेश गरिरहँदा सिनेमा हलमा दर्शकको राम्रो साथ पाइरहेको भए पनि आजदेखि प्रदर्शनमा आएको हलिउड फिल्म ‘स्पाइडर–म्यान: ब्रान्ड न्यू डे’ का कारण यसको शो संख्या उल्लेख्य रूपमा घटाइएको छ । फिल्मकर्मी तथा दर्शकले नेपाली फिल्मले राम्रो व्यापार गरिरहेको अवस्थामा पनि विदेशी चलचित्रलाई प्राथमिकता दिँदै मल्टिप्लेक्सहरूले ‘गौँथली’ का शो कटौती गरेको भन्दै असन्तुष्टि जनाएका छन् । उनीहरूको भनाइमा नेपाली फिल्मको व्यापार कमजोर भएकाले होइन, विदेशी ब्लकबस्टर फिल्मलाई बढी शो उपलब्ध गराउँदा मल्टिप्लेक्सको पपकर्न, पेय पदार्थलगायत सहायक आम्दानी बढ्ने व्यावसायिक सोचका ...