काठमाडौं- पर्दामा पात्रको जीवन जिउनु र त्यसलाई जीवन्त बनाउनु एक कुशल कलाकारको पहिचान हो ।
यही पहिचानलाई फेरि एकपटक मजबुत बनाउँदै अभिनेत्री नीता ढुङ्गाना यतिबेला दर्शकमाझ छाएकी छन् । हालै सार्वजनिक फिल्म ‘पार्वती’ को टिजरपछि उनको अभिनयको चौतर्फी चर्चा र प्रशंसा भइरहेको छ ।
टिजरमा नीतालाई अटिजम भएकी युवतीको भूमिकामा देख्न सकिन्छ । एक अटिजम पीडितको भावभंगी, हाउभाउ र भाइप्रतिको निश्छल मायालाई उनले जसरी पर्दामा उतारेकी छन्, त्यसले दर्शकको मन छोएको छ ।
अटिजम जस्तो संवेदनशील र जटिल पात्रमा आफूलाई ढाल्नु कुनै पनि कलाकारका लागि ठूलो चुनौती हो । तर, ...
‘पार्वती’ ले फेरि प्रमाणित गर्यो नीताको बहुमुखी प्रतिभा, अभिनयको चौतर्फी प्रशंसा


