काठमाडौं– अभिनेता तथा निर्देशक निखिल उप्रेतीको बहुप्रतीक्षित नेपाली फिल्म ‘आचार्य’ को फर्स्टलुक पोस्टर तथा भिडिाये सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टर तथा भिडियोमा निखिललाई शक्तिशाली, रहस्यमय तथा फरक अवतारमा प्रस्तुत गरिएको छ, जसले फिल्मप्रति दर्शकमाझ उत्सुकता थप बढाएको छ ।
सार्वजनिक पोस्टरमा निखिल उप्रेतीलाई खुला शरीर, हातमा विशाल चिल बोकेको तथा आधुनिक भर्चुअल रियालिटी हेडसेट लगाएको शैलीमा देखाइएको छ । प्राकृतिक पहाडी पृष्ठभूमिसँग प्रस्तुत गरिएको यो लुकले फिल्ममा एक्सन, अध्यात्म र आधुनिक प्रविधिको रोचक संयोजन हुने संकेत दिएको छ ।
यो फिल्म निखिल उप्रेती प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण भएको हो भने ...
निखिल उप्रेतीको ‘आचार्य’ को फर्स्टलुक सार्वजनिक, दमदार अवतारले बढायो उत्सुकता


