‘अक्षरा’ को ‘नाचौँ न बरि लै’, छमछमी नाचे न्यान्सी र रिस्ता (भिडियो)

KalakarmiKalakarmiSourceJul 30, 20261 min read
‘अक्षरा’ को ‘नाचौँ न बरि लै’, छमछमी नाचे न्यान्सी र रिस्ता (भिडियो)
काठमाडौं– आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘अक्षरा’ को तीज गीत ‘नाचौँ न बरि लै’ सार्वजनिक भएको छ । बिहीवार काठमाडौंमा पत्रकार तथा फिल्मकर्मीको उपस्थितिमा फिल्ममा समावेश यो गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतको भिडियो मुभिज डिजिटेनमेन्ट युट्युब च्यानलमार्फत हेर्न सकिने छ । गायिका समिक्षा अधिकारीले गाएको यो गीतलाई सुरेन्द्र रानाले लेखेका हुन् भने त कर्णराज गिरीले संगीतवद्ध गरेका छन् । लोक लयमा आधारित यो गीतको गीतमा फिल्मका मुख्य अभिनेत्रीद्वय न्यान्सी खड्का तथा रिस्ता अधिकारीले आकर्षक नृत्य गरेका छन् । उनीहरुको नृत्यलाई उपस्थित पत्रकार ...