निर्देशनमा डेब्यू गर्दै निर्माता पोखरेल, ‘प्रतिज्ञा’ को घोषणा

KalakarmiKalakarmiSourceJul 30, 20261 min read
निर्देशनमा डेब्यू गर्दै निर्माता पोखरेल, ‘प्रतिज्ञा’ को घोषणा
काठमाडौं– निर्माता सुशील पोखरेलले निर्देशकको रूपमा डेब्यू गर्ने भएका छन् । हरि ओम सिनेमाज प्रालिको ब्यानरमा निर्माण हुन लागेको ‘प्रतिज्ञा’ मार्फत उनी निर्देशनमा आउन लागेका हुन् । सामाजिक सञ्जालमार्फत बिहीवार फिल्मको थीम पोस्टर सार्वजनिक गर्दै उनले फिल्मको औपचारिक घोषणा गरेका छन् । २०५४ सालदेखि फिल्म निर्माणमा सक्रिय पोखरेलले यसअघि ‘परदेशी’, ‘मैदान’, ‘जीवनदाता’, ‘जय शिव शंकर’, ‘निगरानी’, ‘बडिगार्ड’, ‘लभ सब’, ‘राधे’, ‘यात्रा’ तथा ‘परालको आगो’ निर्माण गरिसकेका छन् । विशेषगरी उनका सफल फिल्ममा ‘जय शिव शंकर’, ‘जीवनदाता’, ‘मैदान’, परालको आगो आदि पर्दछन् । सात वर्षको अन्तरालपछि ‘परालको आगो’ मार्फत गतवर्ष ...