काठमाडौं– आगामी भदौ १९ गते (४ सेप्टेम्बर) देखि प्रदर्शनमा आउन लागेको नयाँ नेपाली फिल्म ‘ककाकिकी’ को लिरिकल थीम गीत सार्वजनिक गरिएको छ । बुधवार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतसँगै फिल्मप्रतिको दर्शकको उत्सुकता थप बढेको छ । सार्वजनिक गीतमा आदित्य प्रधानको स्वर रहेको छ भने शिशिर थतालको शब्द र संगीत रहेको छ । यसअघि सार्वजनिक फस्ट लुक भिडियोमा थोरै हुकलाइन राखिएको थियो, जसलाई दर्शकले निकै मन पराएका छन् ।
यसअघि सार्वजनिक गरिएको फिल्मको फस्ट लुक भिडियोले सामाजिक सञ्जालमा उल्लेखनीय चर्चा पनि बटुलेको थियो । विशेषगरी अभिनेत्री गौरी मल्ल, तृप्ति नाडकर, ...
लिरिकल थीम गीतमा ‘ककाकिकी’ (भिडियो)


