काठमाडौं । सौरभ चौधरीले नयाँ चलचित्र ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा गर्नुभएको छ । सोमबार थिम पोस्टर सार्वजनिक गर्दै उहाँले आगामी भदौबाट पूर्वको कोशी ब्यारेक क्षेत्रमा यस चलचित्रको छायांकन सुरु हुने जानकारी दिनुभएको हो । डार्क हर्स इन्टरटेन्मेन्टको प्रस्तुतिमा बन्ने चलचित्रलाई नेपाली फिल्म उद्योगकै ठूलो क्यानभासको ‘एपिक एक्सन ड्रामा’का रूपमा निर्माण गरिने जनाइएको छ
‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा, भदौबाट छायांकन


