काठमाडौं । हास्यप्रधान नेपाली चलचित्र ‘फलानो ढिस्कानो’ निर्माण हुनेभएको छ । द्रव्य प्रोडक्सनको ब्यानरमा निर्माण हुनलागेको चलचित्रको मंगलबार दुईवटा पोष्टर सार्वजनिक गर्दै औपचारिक घोषणा गरिएको हो । जय नेपाल हलमा आयोजित घोषणा कार्यक्रममा सार्वजनिक पोष्टरमा कथावाचकका रूपमा परिचित कन्टेन्ट क्रियटर साइग्रेस पोखरेललाई प्रस्तुत गरिएको छ । चलचित्रमा उहाँ मुख्य भूमिकामा रहने निर्माण पक्षले जनाएको छ
‘फलानो ढिस्कानो’ निर्माण घोषणा, साइग्रेस पोखरेल मुख्य भूमिकामा


