निर्णयको आधार विश्वास: इन्फा अवार्ड २०२६ को स्वतन्त्र निर्णायक मण्डलले कसरी छनोट गर्दैछ उत्कृष्ट नेपाली फिल्म ?

KalakarmiKalakarmiSourceJul 28, 20261 min read
निर्णयको आधार विश्वास: इन्फा अवार्ड २०२६ को स्वतन्त्र निर्णायक मण्डलले कसरी छनोट गर्दैछ उत्कृष्ट नेपाली फिल्म ?
काठमाडौं– कुनै पनि फिल्म अवार्डको प्रतिष्ठा त्यसका ट्रफी अथवा भव्य समारोहले मात्र निर्धारण गर्दैन, त्यसको वास्तविक मूल्याङ्कन निष्पक्ष, पारदर्शी तथा विश्वसनीय निर्णायक प्रक्रियाले तय गर्छ । यही मान्यतालाई केन्द्रमा राख्दै तेस्रो ‘इन्टरनेशनल नेपाली फिल्म अवार्ड–२०२६ (इन्फा अवार्ड)’ को आयोजक संस्था इन्फा इभेन्ट्स यूके लिमिटेड तथा इन्फा नेपाल लिमिटेड (इन्फा इभेन्ट्स नेपाल) ले आफ्नो स्वतन्त्र निर्णायक मण्डल तथा मूल्याङ्कन प्रक्रिया सार्वजनिक गरेको छ । आयोजक संस्था इन्फा इभेन्ट्स यूके लिमिटेडका अध्यक्ष उमेश राज मोक्तान तथा इन्फा नेपाल लिमिटेड (इन्फा इभेन्ट्स नेपाल) का अध्यक्ष सुनिल श्रेष्ठका अनुसार अवार्डको सम्पूर्ण निर्णय स्वतन्त्र निर्णायक मण्डलले गर्नेछ ...