काठमाडौं । चलचित्र ‘गौँथली’ले घरेलु बक्स अफिसमा उत्साहजनक व्यापार गरेको छ । साउन १ गतेबाट प्रदर्शनमा आएको यो चलचित्रले १० दिनमा साढे सात करोड नजिक व्यापार गरेको चलचित्र विकास बोर्डको तथ्यांकमा देखिन्छ । चलचित्रको यो कमाइ आइतबार (१० साउन)सम्मको हो । १० दिनको अवधिमा चलचित्रका दुई लाख ६० हजार २५२ वटा टिकट बिक्री भएका छन्
बक्स अफिसमा ‘गौँथली’को उत्साहजनक व्यापार


