काठमाडौं- सामाजिक सञ्जालमा आफू कुटिएको भिडियो सार्वजनिक भएपछि बालगायक तथा कलाकार अशोक दर्जी कानुनी प्रक्रियामा गएका छन्। आफूलाई कुटपिट गर्नुका साथै धम्क्याएको आरोप लगाउँदै उनले झापाको अनारमनी इलाका प्रहरी कार्यालय, बिर्तामोडमा उजुरी दर्ता गरेका छन्।
दर्जीले शनिश्चरेका अंकित प्रधानसहित दुई जनाविरुद्ध कानुनी कारबाहीको माग गर्दै दिएको उजुरीमा आफूमाथि भएको दुर्व्यवहारको भिडियो करिब एक महिनाअघि नै खिचिएको र पटक–पटक हटाउन आग्रह गर्दा पनि नमानी अहिले सार्वजनिक गरिएको उल्लेख गरेका छन्।
आइतबार सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा केही व्यक्तिले दर्जीसँग पैसा माग्दै कुटपिट गरेको दृश्य देखिएपछि व्यापक आलोचना भएको थियो। भिडियो सार्वजनिक भएपछि उनका ...
कुटपिटको भिडियो भाइरल भएपछि अशोक दर्जी प्रहरीमा, थालियो अनुसन्धान


