सिड्नी– निर्माता तथा गायक रामकृष्ण ढकालद्वारा निर्मित नेपाली फिल्म ‘मालती मङ्गले’ को अष्ट्रेलियाको सिड्नीमा आयोजित रेड कार्पेट प्रिमियर भव्य रूपमा सम्पन्न भएको छ । जुलाई २५ मा सम्पन्न प्रीमियरमा नेपाली समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो भने फिल्मप्रति दर्शकले उत्साहजनक प्रतिक्रिया दिएका छन् ।
फिल्मका निर्माता रामकृष्ण ढकालले कार्यक्रमलाई ऐतिहासिक तथा अविस्मरणीय बनाएको भन्दै सहभागी सम्पूर्ण दर्शक, आयोजक तथा सहयोगीप्रति आभार व्यक्त गरेका छन् ।
कलाकर्मीसंग कुराकानी गर्दै गायक तथा निर्माता ढकालले फिल्मको रेड कार्पेट प्रीमियरमा सिड्नीस्थित नेपाली समुदाय, कला तथा सांस्कृतिक क्षेत्रसँग आवद्ध व्यक्तित्वहरू, फिल्मप्रेमी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति ...
भव्य रह्यो सिड्नीमा ‘मालती मङ्गले’ को रेड कार्पेट प्रीमियर, दर्शकको उत्साहजनक सहभागिता


