काठमाडौं- प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म ‘पार्वती’ को निर्माण टिमले बाल कलाकार अशोक दर्जीसँग सम्बन्धित सार्वजनिक भिडियोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
टिमले भिडियोले आफूहरूलाई दुःखी र विचलित बनाएको उल्लेख गर्दै घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेको छ । फिल्म टिमले सामाजिक सञ्जालमार्फत जारी गरेको वक्तव्यमा भिडियोमा देखिएको घटना लेनदेनसँग सम्बन्धित विषय हुन सक्ने देखिए पनि वास्तविकता अझै स्पष्ट नभएको जनाएको छ ।
कसैको गल्ती भए पनि कानुनी प्रक्रिया र मानवीय मर्यादाभन्दा बाहिर गएर गालीगलौज, कुटपिट तथा सार्वजनिक रूपमा अपमानित गर्नु स्वीकार्य नहुने टिमको भनाइ छ ...
अशोक दर्जीको पुरानो भिडियो भाइरल भएपछि ‘पार्वती’ टिमको निष्पक्ष छानबिनको माग


