दुई वर्षपछि अभिनयमा फर्किँदै साम्राज्ञी, ‘एक्का मिस्सी बादशाह’ घोषणा

eHimalaya TimeseHimalaya TimesSourceJul 26, 20261 min read
दुई वर्षपछि अभिनयमा फर्किँदै साम्राज्ञी, ‘एक्का मिस्सी बादशाह’ घोषणा
काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह दुई वर्षपछि चलचित्र अभिनयमा फर्किने हुनुभएको छ । उहाँको मुख्य भूमिका रहने चलचित्र ‘एक्का मिस्सी बादशाह’ निर्माणको घोषणा गरिएको हो । डेब्यू निर्देशक सञ्जय राईले निर्देशन गर्ने चलचित्रमा साम्राज्ञी ‘आश’ नामक पात्रमा देखिने जनाइएको छ । पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको उहाँको फर्ष्टलुक पोष्टरमा बोल्ड अवतार प्रस्तुत गरिएको छ ।