काठमाडौं– मेहनत, आत्मविश्वास र निरन्तरताका साथ मनोरञ्जन क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै आएकी सम्पदा अम्गाईं अब फिल्ममार्फत ठूलो पर्दामा दर्शकमाझ आउने तयारीमा छिन् ।
मोडलिङबाट प्रारम्भमा भएको सम्पदाको यात्रा म्युजिक भिडियो, सञ्चार तथा विभिन्न सौन्दर्य प्रतियोगितासम्म पुगेको छ । मिस प्लस टु चितवन तथा मिस ब्यूटीफूल नेपालको उपाधि जितिसकेकी सम्पदा विभिन्न सम्मानसमेत प्राप्त गर्दै आफ्नो प्रतिभालाई निरन्तर अगाडि बढाउँदै आएकी छिन् ।
चन्द्र पन्तको निर्देशनमा निर्माण भएको ‘आबाट आमा २’ मा सम्पदाले महत्वपूर्ण तथा प्रभावशाली भूमिका निर्वाह गरेकी छिन् । यो फिल्ममा पल शाह, विपना थापा, आकाश श्रेष्ठ, मलिका महत, रिस्ता गुरुङ, ...
‘आबाट आमा २’ मा प्रभावकारी भूमिकामा देखिँदैछिन् सम्पदा


