काठमाडौं । भोजपुरी र मैथिली म्युजिक भिडियोमार्फत लोकप्रियता कमाउनुभएकी मोडल तथा अभिनेत्री मेनुका माझी चलचित्र ‘लज्जावती’बाट ठूलो पर्दामा बलियो उपस्थिती जनाउने तयारीमा हुनुहुन्छ । यसअघि ‘बिहे पास’, ‘प्रपञ्च’, ‘कृष्णलीला’, ‘प्रेमपूजा’ र ‘क्वीन’ जस्ता चलचित्रमा अभिनय गरे पनि अपेक्षित सफलता नपाउनुभएकी माझीले ‘लज्जावती’लाई आफ्नो फिल्मी करिअरको महत्त्वपूर्ण मोडका रूपमा लिनुभएको छ । माझीले यस चलचित्रमा आफ्नो


