काठमाडौं- नेपाली फिल्मको प्रवर्द्धन, संरक्षण तथा नयाँ पुस्तामाझ नेपाली फिल्मप्रति आकर्षण बढाउने उद्देश्यका साथ नेपाल फिल्म सोसाइटीले ‘बाह्रै महिना, बाह्रै नेपाली चलचित्र’ अभियानको शुभारम्भ गर्ने भएको छ ।
भोलि साउन १० गतेदेखि प्रारम्भ हुने यस अभियानअन्तर्गत वर्षभर प्रत्येक महिनामा एक उत्कृष्ट नेपाली चलचित्रको विशेष पुनःप्रदर्शन गरिने छ ।
नेपाल फिल्म सोसाइटीका अनुसार यो अभियान विशेषगरी त्यस्ता दर्शकलाई लक्षित गरिएको हो, जसले नेपाली फिल्म हेर्ने अवसर पाएका छैनन् वा प्रदर्शनको समयमा चर्चित तथा उत्कृष्ट फाइलहरू विभिन्न कारणले हेर्न छुटाएका थिए ।
पुनःप्रदर्शनमार्फत यस्ता फिल्महरू पुनः दर्शकमाझ ल्याई नेपाली फिल्मप्रतिको विश्वास, रुचि र अपनत्व ...
‘बाह्रै महिना, बाह्रै नेपाली चलचित्र’ अभियानको घोषणा, प्रत्येक महिना उत्कृष्ट नेपाली चलचित्रको विशेष प्रदर्शन


