‘बेहुली’ को पहिलो गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक: पारस, दिव्या, शुसान्त र पदमको आकर्षक नृत्य

KalakarmiKalakarmiSourceJul 24, 20261 min read
‘बेहुली’ को पहिलो गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक: पारस, दिव्या, शुसान्त र पदमको आकर्षक नृत्य
काठमाडौं- आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको वर्षकै प्रतीक्षित फिल्मको रूपमा हेरिएको नेपाली फिल्म ‘बेहुली’को प्रमोशनल गीत ‘दिलमा ठाउँ छ’ औपचारिक रूपमा सार्वजनिक गरिएको छ । शुक्रवार काठमाडौंको चाबहिलस्थित एफक्युब सिनेमा हलमा एक विशेष पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै लोक फ्लेभरको यो गीत सार्वजनिक गरिएको हो । हलको ठूलो पर्दामा गीतको भिजुअल प्रदर्शन गर्दै उपस्थित सञ्चारकर्मीमाझ निर्माण टिमले फिल्मको पहिलो गीतस्वरूप दर्शकका लागि सार्वजनिक गरेको हो । यस गीतमा यस फिल्मका निर्मातासमेत रहेका संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ भने अञ्जु पन्त, प्रशान्त सिवाकोटी र रबि ओडको ...