काठमाडौं- नेपाली अभिनेता नाजिर हुसेनले भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल फर्किने क्रममा आफूलाई दोस्रो पटक पनि छुट्टै सुरक्षा कक्षमा लगेर सोधपुछ गरिएको भन्दै सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेका छन् ।
भारतस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा आफ्नो फिल्म ‘गुन्यो चोलो’ को विशेष प्रदर्शनपछि निर्देशक समुद्र भट्ट र जनकदीप पराजुलीसँग नेपाल फर्किने क्रममा आफूलाई अन्य यात्रुभन्दा अलग गरी सुरक्षा जाँच गरिएको उनले सामाजिक सञ्जालमार्फत बताएका हुन् ।
उनका अनुसार सुरक्षा अधिकारीले ‘नेपाल किन जाँदै हुनुहुन्छ?’ र ‘तपाईंसँग कति पैसा छ?’ जस्ता प्रश्न सोधेका थिए । आफूले ‘म घर फर्किँदै छु’ ...
दिल्ली विमानस्थलमा फेरि रोकिए अभिनेता नाजिर हुसेन, ‘मेरो नामकै कारण हो भने जान्न पाउने अधिकार छ’


