फिल्म उद्योगमा अभिनेता विपिन कार्कीको करोडौँको लगानी, नेपालमै पहिलो पटक भित्र्याए हलिउडस्तरको ‘ग्रिप ट्रक’

KalakarmiKalakarmiSourceJul 23, 20261 min read
फिल्म उद्योगमा अभिनेता विपिन कार्कीको करोडौँको लगानी, नेपालमै पहिलो पटक भित्र्याए हलिउडस्तरको ‘ग्रिप ट्रक’
हाइलाइट्स करिब छ करोड रुपैयाँभन्दा बढी लगानीमा नेपालमै पहिलोपटक अत्याधुनिक ग्रिप ट्रक सञ्चालन । पहिलो चरणमा तीनवटा फरक क्षमताका ग्रिप ट्रक सञ्चालनमा । हलिउड शैलीको प्राविधिक प्रणालीले छायांकनलाई व्यवस्थित, सुरक्षित र समयमैत्री बनाउने विश्वास । भविष्यमा भ्यानिटी भ्यान सहित थप आधुनिक चलचित्र पूर्वाधार ल्याउने योजना । अभिनेता विपीन कार्कीको भनाइ-  ‘यो व्यवसाय मात्र होइन, नेपाली फिल्म उद्योगको भविष्यमा गरिएको लगानी हो ।’ काठमाडौं– नेपाली फिल्म उद्योग विस्तारै प्रविधिमैत्री तथा अन्तर्राष्ट्रिय मापदण्डतर्फ उन्मुख हुँदै गएको छ । पछिल्ला वर्षहरूमा नेपाली फिल्मले कथा, अभिनय तथा छायांकनमा उल्लेखनीय फड्को मारे पनि आधुनिक प्राविधिक पूर्वाधारको अभाव भने अझै चुनौतीका रूपमा ...