‘दिलको मोटर ’ले किन मच्चाइरहेको छ तहल्का ? रिलिजअघि नै ‘लज्जावती’ को क्रेज चुलियो

KalakarmiKalakarmiSourceJul 23, 20261 min read
‘दिलको मोटर ’ले किन मच्चाइरहेको छ तहल्का ? रिलिजअघि नै ‘लज्जावती’ को क्रेज चुलियो
काठमाडौं- प्रदर्शनको तयारीमा रहेको फिल्म‘लज्जावती’ को गीत ‘दिलको मोटर’ले दर्शकको ध्यान तानिरहेको छ । प्रेम, उत्साह र खुसीलाई रमाइलो शैलीमा प्रस्तुत गरिएको यस गीतले फिल्मको प्रचारमा थप ऊर्जा दिएको छ । गीतको शीर्षक ‘दिलको मोटर’ले नै प्रेमको भावलाई झल्काउँछ । प्रेमले मानिसको मनमा ल्याउने उत्साह, बढ्दो आकर्षण र भावनात्मक हलचललाई गीतले सरलसँगै मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरेको छ । ‘दिलको मोटर दिलमा कुद्यो, हल्का लजार…’ भन्ने टुक्काले प्रेममा परेको व्यक्तिको मुटुको गति र मनको चञ्चलतालाई रोचक ढंगले अभिव्यक्त गर्छ । ‘माया पिरिम घोलेर दिलको ढोका खोलेर…’ जस्ता शब्दले प्रेममा हुने प्रतीक्षा, चाहना र ...