सेन्सरको भत्ता कलाकार थापाको उपचारमा सहयोग

KalakarmiKalakarmiSourceJul 23, 20261 min read
सेन्सरको भत्ता कलाकार थापाको उपचारमा सहयोग
काठमाडौं– चलचित्र विकास वोर्डका सदस्य तथा प्रवक्ता एवं फिल्म निर्देशक सन्तोष बाबु लोहनीले नौ वटा नेपाली फिल्मको जाँचपास (सेन्सर) गरेबापत प्राप्त सम्पूर्ण भत्ता उपचाररत कलाकार कोपिला थापालाई सहयोग गरेका छन् । चलचित्र जाँचपास समितिका सदस्यसमेत रहेका लोहनीले गत असार महिनामा नौ वटा नेपाली फिल्मको जाँचपासबाट प्राप्त गरेको भत्ता चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसीको उपस्थितिमा कलाकार थापालाई हस्तान्तरण गरेका हुन् । करिव तीन वर्षअघि भारतको उत्तराखण्डस्थित निम करौरी बाबाको कैँची धाम दर्शनका लागि जाने क्रममा भएको सवारी दुर्घटनामा परी थापा गम्भीर घाइते भएकी थिइन् । दुर्घटनापछि लामो समयदेखि उपचाररत उनको उपचारमा आर्थिक ...