दीपा श्री निरौलाको स्वास्थ्यमा सुधार, भोलि अस्पतालबाट डिस्चार्ज, दीपकराज भन्छन्– ‘१० वर्षअघि गरेको एमआरआई फेरि गराउने सोचमा छु’

KalakarmiKalakarmiSourceJul 22, 20261 min read
दीपा श्री निरौलाको स्वास्थ्यमा सुधार, भोलि अस्पतालबाट डिस्चार्ज, दीपकराज भन्छन्– ‘१० वर्षअघि गरेको एमआरआई फेरि गराउने सोचमा छु’
काठमाडौं- निर्देशक तथा अभिनेत्री दीपा श्री निरौलालाई ब्रेन ट्युमर भएको खबर सार्वजनिक भएपछि उनका शुभचिन्तक, कलाकार र दर्शक चिन्तित बनेका थिए। तर, समयमै उपचार र सफल शल्यक्रियापछि अहिले उनको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ। चिकित्सकको सल्लाहअनुसार उनी भोलि अस्पतालबाट डिस्चार्ज हुने तयारीमा छिन्। दीपाको स्वास्थ्य अवस्थाबारे प्रतिक्रिया दिँदै अभिनेता दीपकराज गिरीले दीपालाई ब्रेन ट्युमर भएको जानकारी पाएपछि आफूहरू निकै चिन्तित भएको बताए। कलाकर्मीसँग कुरा गर्दै उनले भने-‘दीपा जीलाई ब्रेन ट्युमर भएको खबर सुनेपछि हामी सबै धेरै दुःखी भयौँ। उहाँलाई यो कुरा कसरी सुनाउने भन्ने चिन्ता पनि थियो। अहिले सफल शल्यक्रियापछि उहाँको स्वास्थ्यमा ...